रोमानियामा ‘वर एण्ड वधु’को छायांकन, आँचलसँग रोमान्टिक विवेक



विगत दुई सातादेखि रोमानियामा नेपाली चलचित्र ‘वर एण्ड वधु’को छायांकन भइरहेको छ । यसबीच, रोमानियाको छायांकन सकिन तीन दिन मात्र बाँकी रहेको समयमा निर्माण पक्षले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, अभिनेत्री आँचल शर्मा र नव-नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।

चलचित्रका निर्देशक मिलन चाम्सले अबको तीन दिनमा रोमानियाको छायांकन सकिने र बाँकी छायांकन नेपालमा हुने जानकारी दिए । रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने उनको दाबी छ ।

छायांकनको क्रममा आँचलदेखि मिलन चाम्ससम्मले रोमानियाको राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता समेत दिएका थिए । त्यहाँको टेलिभिजनमा चलचित्रको छायांकन रिपोर्ट समेत प्रशारण गरिएको छ ।

रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । सुदिप बरालको छायांकन रहेको चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको हो । चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्कालगायत पनि कलाकारको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu