खगेन्द्रको ‘पानीफोटो’ले थाल्यो प्रदर्शन



कलाकार खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘पानीफोटो’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । दुई ठूला हिन्दी चलचित्र ‘एक भिलेन रिर्टन्स’ र ‘विक्रान्त रोना’को चुनौतीका बीच प्रदर्शन थालनी गरेको चलचित्रले मल्टीप्लेक्समा सन्तोषजनक शोज पाएको छ भने सिंगल थिएटरको संख्या पर्याप्त छ । यो चलचित्रलाई खगेन्द्रको अग्निपरीक्षाको रुपमा लिइएको छ ।

चलचित्रमा खगेन्द्रका अलावा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ । चलचित्रको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको चलचित्रको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’ नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu