विपिनले सुरु गरे ‘के घर के डेरा’को डविङ



निर्देशम दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेरा’को डविङ थालिएको छ । शुक्रबार अभिनेता विपिन कार्कीको भागको डविङ गर्दै चलचित्रको पोष्ट-प्रोडक्सन काम सुरुवात गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा विपिनसँगै दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

शंकर थापा स्माइलको संगीत, सुब्रतराज आचार्यको गीत रचना, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।निर्देशक खनालले आफ्नो सोच अनुसार नै चलचित्र निर्माण गरेको बताएका छन् । आफ्नो हरेक चलचित्रमा दर्शकले पाउने सम्पुर्ण खुराक ‘के घर के डेरा’मा पनि पाउने उनको विश्वास छ । आगामी कात्तिक ४ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu