बसन्तपुरमा ‘म’को फरक शैलीको प्रचार



साउन २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म’ले प्रचारमा फरक शैली अपनाएको छ । काठमाडौंका सडकमा बाइक र्‍यालीदेखि अनुहारमा कलात्मक पेन्ट गरेर ‘म’ अंकित टिसर्टमा सडकमा हिँड्नेसम्मको प्रचार अभियान गरिसकेको निर्माण टिमले शनिवार बसन्तपुरमा फरक शैलीमा चलचित्रको प्रचार गर्‍यो । ‘म’को थिममा तयार पारिएको मनोलग प्रस्तुत गरिएको थियो ।

चलचित्रका कलाकार संजोग रसाइलीले मनोलग प्रस्तुतीको बारेमा भने- ‘दर्शकसँग अन्तरक्रिया गर्ने उद्देश्यले चलचित्रको थिममा तयार पारेको मनोलग प्रस्तुत गरेका हौं । यो मनोलगमा कलाकारहरुले फरक-फरक पीडित पात्रको चरित्र निर्वाह गर्नुभएको थियो । यो प्रस्तुतीले आम-मानिसमा चलचित्रप्रति चासो बढाएको हामीले पाएका छौं । हामी अझै फरक प्रस्तती पनि लिएर आउनेछौं ।’

यसअघि चलचित्रको प्रचारलाई आक्रामक बनाउन निर्माण टिमले काठमाडौंमा म्याराथुन गर्ने, शहरमा रहेका डिजिटल डिस्प्लेमार्फत् ट्रेलर बजाउने, चोक-चोकमा एक्टिङ्ग पर्फमेन्स गर्ने क्रियाकलापहरु गरिसकेको छ । यसप्रकारको प्रचार अभियानले चलचित्रप्रति दर्शकमा चासो बढाएको प्रस्तुतकर्ता प्रकाश पुरीले बताए । प्रचार शैली झैं चलचित्र पनि दर्शकलाई फरक लाग्ने उनको भनाई छ ।

चलचित्रमा संजोगसँगै सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ लगायतको अभिनय छ । तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको चलचित्रको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्रको पटकथा तथा संवाद प्रस्तुतकर्ता प्रकाश पुरीको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu