शोभित बस्नेतको ‘बद्री बहादुर’को अष्ट्रेलियामा प्रिमियर



शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रको नेपालअघि विदेशबाट प्रदर्शनको सुरुवात गरिएको हो । चलचित्रलाई अष्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ । चलचित्रलाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् ।

चलचित्रको प्रिमियरका लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । चलचित्रको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । चलचित्रको अझै ३ शहरमा समेत शो गरिनेछ । नेपालमा भने चलचित्र चाँडै रिलिज हुनेछ ।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । चलचित्रमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन् ।

‘बद्री बहादुर’मा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईलगायतको अभिनय छ भने एलिना गुरुङले यही चलचित्रबाट डेब्यू गरेकी छन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, बिनोद सापकोटाको छायांकन र समिर मियाको सम्पादन छ । चलचित्रको छायांकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu