‘सोल अफ द कमान्डो’ नेपालसँगै बेलायत र क्यानडामा प्रदर्शन हुने



गोर्खा सैनिकको जीवन कथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुने भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४ र २५ मा क्यानडा र नोभेम्बर १८ (मंसिर २ गते) नेपालमा प्रदर्शन हुन लागेको हो ।

चलचित्रमा अभिनेता ग्रयान्ड मास्टर राजकुमार राईको मुख्य भूमिका छ । उनीसँगै चलचित्रमा कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु लगायतको अभिनय छ । चलचित्रलाई युवराज (वीरबहादुर) राईले निर्देशन गरेका हुन् ।

चलचित्रको प्रस्तुतकर्ता विजया राई, रवि थापा, धन लिम्बु र मिलन राई हुन् भने कार्यकारी निर्मातामा विजय एल राई छन् । त्यस्तै, मिलन राई र धन लिम्बू निर्माता हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दिर्घ गुरुङको छायांकन, एनबी महर्जनको द्वन्द्व, राजेश पायल राई र बबिना किरातीको गीतमा स्वर, सन्तोष दुमी र आनन्द राईको संगीत छ ।

ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जानकारी लिए । राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी हुन् । उनी ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा थुप्रै पदकहरु जितिसकेका छन् । सन् १९८४ सालबाट उनले अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu