यस्तो छ ‘प्रेमगीत ३’को हिन्दी भर्सनको पोस्टर



नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सनको पोस्टर सार्वजनिक गरिएको छ । सोमवार मुम्बईमा आयोजित एक कार्यक्रमका बीच अभिनेता प्रदीप खड्कालाई केन्द्रमा राखिएको पोस्टर निर्माण टिमले सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेत्री क्रिस्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, नव-अभिनेता मनिष राउत लगायतलाई पनि स्थान दिइएको छ ।

भारतमा आगामी सेप्टेम्बर २३ तारिखमा रिलिज हुने यो चलचित्र नेपालमा पनि सोही मिति (असोज ७) मा प्रदर्शन हुनेछ । चलचित्रको नेपाली र हिन्दी ट्रेलर सेप्टेम्बर १ तारिखमा रिलिज हुने पोस्टरमा उल्लेख छ । भारतमा चलचित्रको म्यूजिक राइट्स जी म्यूजिकले किनेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । लकडाउनको समयमा चलचित्रलाई हिन्दीमा डब गरिएको थियो ।

पहिला चलचित्रलाई भारतमा ‘विश्वजीतम्’ नाममा प्रदर्शन गरिने भनिएको थियो । तर, अब भारतमा पनि ‘प्रेमगीत ३’ नाममै प्रदर्शन हुने भएको छ । यसबारेमा सेनले भने, ‘गुगल सर्चमा सर्वाधिक धेरै ‘प्रेमगीत ३’ आयो । ‘विश्वजीतम्’ नै ‘प्रेमगीत ३’ भनेर चिनाउन समय लाग्ने भएपछि हामीले नाम परिवर्तन नगरेका हौं । चलचित्रलाई भारतमा बस्ने नेपालीहरुले मात्र हेरिदिए पनि सुपरहिट हुन्छ ।’

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतको पनि अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । चलचित्रका छायाँकार राजेश श्रेष्ठ हुन् । कोरोना महामारी नफैलिएको भए यो चलचित्र २०७६ सालमै प्रदर्शन भइसकेको हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu