‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत : केकीसँग रोमान्टिक प्रकाश



नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ भन्’ बोलको प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा निशान भट्टराईको स्वर, रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ ।

गीतको भिडियोका चलचित्रका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा प्रकाश र केकीको केमेस्ट्री सुहाएको देखिन्छ । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई राजेश बंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् ।

नारायण इन्टरनेशनलको प्रस्तुती रहेको चलचित्रमा केकी र प्रकाशका अलावा प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय छ । गायन क्षेत्रमा ठूलो ख्याती कमाएका प्रकाश सपुतले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।

‘परदेशी २’को पटकथा तथा संवाद रमेश बिजीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । चलचित्रको वितरण काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu