चलचित्र ‘हिँड्दा हिँड्दै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको चलचित्र २० माघमा देशब्यापी प्रदर्शनमा आउने भएको छ । पोस्टरमा भने चलचित्रका प्रमुख कलाकार आकाश श्रेष्ठ र रेखा शाह रोमान्टिक मुडमा प्रस्तुत छन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् । राजकुमार थिङ निर्माता रहेको चलचित्रको सह निर्मातामा केबी सुब्बा,प्रमोदकुमार तामाङ र महादेव साह छन् ।
लीलामान तण्डुकारले खिचेको चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको निर्देशक मगरले जानकारी दिए ।