‘प्रकाश’ : शिक्षकबारे कविता लेखेर पुरस्कार जित्ने मौका



एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथामा निर्माण भएको चलचित्र ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीका अनुसार, प्रतियोगितामा विभिन्न कलेज तथा स्कूलका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।

सहभागीता जनाउनका लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ भने बढी कक्षा १२ अध्ययनरत् विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले एक लाख पुरस्कार पाउने छन् भने द्वितिय हुनेले ५० हजार पुरस्कार पाउनेछन् । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको लम्बाई १ देखि साढे एक मिनेटसम्मको हुनुपर्नेछ ।

सहभागीले कविताको भिडियो आफैं बनाएर prakshthefilm @gmail.com मा पठाउन सक्नेछन् । प्रतियोगिता श्रावण २० गतेबाट शुरु भई भाद्र २० गते सम्म चल्नेछ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu