‘छैठौ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ मा ‘आमा’ उत्कृष्ट चलचित्र



‘छैठौ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ मा हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गरेका हुन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे ।

यस्तै, लघु चलचित्र ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो सर्ट फिल्म फेस्टामा ‘द डटर’ सरिता भारतीले अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड जितन् भने त्यसै क्रममा ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड प्राप्त गरिन् । सो अवसरमा द टाइमका लागि सुदिप कुँवरले निर्देशकका रुपमा जुरी अवार्ड प्राप्त गरेका थिए ।

फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा ( मोडल), सुशिला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने धारणा उनले सो कार्यक्रममा राखे । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला लगायतले कलाक्षेको बिषयमा धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, काभ्रेकी महिला नेतृ लक्ष्मी दनुवारलगायतले अवार्ड बिजेतालाई बधाईसहित फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा योगदान दिएको बताए । राममणी ढकालको संयोजनमा भएको फेस्टामा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्ति प्रिय हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu