‘कृष्ण लीला’को अष्ट्रेलिया राइट्स बिक्री



चलचित्र ‘कृष्ण लीला’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । अष्ट्रेलिया निवासी निकेश मानन्धरले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो । निर्माण टिमले अष्ट्रेलिया राइट्सको बिक्री मूल्य भने खुलाएको छैन ।

ट्रेलरबाट एकखालको चर्चा बटुलेको चलचित्रको ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीतले विदेशमा राम्रो माग बढाएको छ । कार्यकारी निर्माता रत्न श्रेष्ठले अब अन्य देशहरुमा पनि चलचित्रको प्रदर्शन अधिकारी बिक्री गर्ने जानकारी दिए । यो चलचित्रले प्रदर्शनभन्दा अगावै लगानीको ठूलो हिस्सा उठाइसकेको छ । चलचित्रको डिजिटल राइट्सबाट पनि महंगोमा बिक्री भएको जानकारी प्राप्त छ ।

भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँको अभिनय छ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् ।

पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित चलचित्र शिव ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu