सौगात भन्छन्, ‘दुई वर्ष मेहनत नगरेको स्क्रिप्टमा चलचित्र बनाउनु बेकार छ’



अभिनेता सौगात मल्लले नेपाली चलचित्र स्क्रिप्टमा चुकिरहेकाले स्क्रिप्ट लेखनमा पर्याप्त समय दिनुपर्ने बताएका छन् । डेढ वर्षदेखि दुई वर्ष समय दिएर स्क्रिप्ट तयार गरेपछि मात्र चलचित्र निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले स्क्रिप्ट राइटरलाई पारिश्रमिक दिन पनि कन्जुसाईं गर्न नहुने धारणा राखेका छन् । दुई वर्षसम्म स्क्रिप्टमा मेहनत गरेको राइटरलाई १५ लाखसम्म दिनुपर्ने उनले बताए ।

बिहीवार पत्रकारसँगको भेटघाटमा उनले भने- ‘स्क्रिप्टमै मेहनत र लगानी भएन भने चलचित्र राम्रो बन्नै सक्दैन । नेपालमा स्क्रिप्टमा खासै समय नै दिइँदैन । सबैलाई चलचित्र बनाउनै हतारो हुन्छ । चलचित्रको स्क्रिप्ट तयार गर्न कम्तिमा डेढदेखि दुई वर्ष दिनुपर्छ । त्यति समय मेहनत गरिँदैन भने चलचित्र बनाउनै बेकार छ । दुई वर्ष स्क्रिप्टमा मेहनत गरेको लेखकले १५ लाख त डिजर्भ गर्छ ।’

उनी ‘माइकल अधिकारी’लाई स्क्रिनप्ले बलियो भएको चलचित्रको रुपमा चित्रण गर्छन् । ‘नेपाली चलचित्रको स्क्रिप्टमा खाल्टाखुल्टीहरु बढी हुन्छ । काम गर्दै जाँदा बनाउला नी भनेर बसिन्छ । तर, ‘माइकल अधिकारी’ त्यस्तो थिएन । स्क्रिप्ट आउँदा नै एउटा कुरा पनि थप्नुपर्ने देखेको थिइनँ । स्क्रिनप्ले बलियो भएपछि कलाकारले चरित्रको भावमा अभिनय गर्दा पुग्ने रहेछ,’ सौगातले सुनाए ।

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘माइकल अधिकारी’मा सौगातको जोडी अभिनेत्री श्रृष्टि श्रेष्ठसँग बाँधिएको छ । चलचित्रले सेरोगेसी (भाडाको कोख) को विषयवस्तुलाई उठाएको छ । रन्जित रौनियार निर्देशित चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार यिओलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu