‘द भ्वाइस अफ नेपाल’को कोचमा राजेश र प्रविशाको प्रवेश



काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम चिनाइयो । साथै, प्रायोजकहरु बिच सम्झौता गरियो । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागी दुई कोच परिवर्तन गरिएको छ ।

चौंथो सिजनका लागि राजेशपायल राई र प्रविशा अधिकारी भित्रिएका छन् । प्रमोद खरेल र राजु लामाले भने कोचकै रुपमा निरन्तरता पाउने छन् । तीन सिजनसम्म कोच रहेका गायक दीप श्रेष्ठले यो सिजनमा रहने छैनन् । शो हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् । ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए ।

‘भ्वाइस अफ नेपाल किड्स’, ‘हिमालय रोडिज’ र ‘डान्सिङ स्टार्स नेपाल’ प्रसारण गरिरहेको हिमालय टेलिभिजनले चाँडै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’, ‘नेपाल्स नेक्स्ट टप मोडल’ र मौलिक रियालिटी शो ‘लोकस्टार’ प्रसारण गर्ने भएको छ । हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu