संगीतकार योगेन्द्रका तीनवटा गीति एल्बम विमोचन



काठमाडौं । संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । सार्वजनिक तिनवटै एल्वमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ ।

प्रमुख अतिथी बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, बिशिष्ठ अतिथी बरिष्ठ गायिका ज्ञानु राणा, बिशेष अतिथी बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ गायक शिव परियार, बरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा बरिष्ठ संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक बरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्वम बिमोचन गरेका हुन् ।

बिमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तीनवटा एल्बम सार्वजनिक गरेको उनको भनाई छ ।

२०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएका योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । योगेन्द्रले त्रिभुवन बिश्व बिद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu