‘तक्मे बुढा’ अब भारतिय टेलि चलचित्रमा



wilson-takme-budo

[dropcap]ने[/dropcap]पाली कलाको हाँस्यपरक विधामा ‘तक्मे बुढा’को नामले परिचित विल्सन बिक्रम राईले नयाँ फड्को मारेका छन्। राईले एक भारतीय टेलिभिजनको पर्दामा आफुलाई उभ्याउने भएका छन्। बलिउड चलचित्रमा अभिनयको लागि भारतमा रहेका कलाकार सुनिल थापाको पहलमा विल्सनले भारतिय टेलि चलचित्रमा अभिनय गर्ने भएका हुन्।

उक्त टेलिचलचित्रको नाम भने खुलाईएको छैन। छायांकनको लागि विल्सन दिल्ली जाँदैछन्। भारतीय चर्चित निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको टेलिचलचित्रमा विल्सनले काम गर्न लागेका हुन् । एक सय भागसम्म विल्सनको अभिनय रहने बताईएको छ।  हिमान्चल प्रदेशको शेर्पा जातीको एक यूवकको भूमिका उनि रहनेछन्।

नेपाल टलिभिजनको हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’बाट उनले ‘तक्मे बुढा’को उपमा पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu