‘म’ले सुरु गर्‍यो प्रदर्शन, ‘चपली हाइट ३’ पनि हलमा



शुक्रवारबाट दुई नेपाली चलचित्र ‘म’ र ‘चपली हाइट ३’ प्रदर्शनमा आएका छन् । ‘चपली हाइट ३’ भने तेस्रो पटक प्रदर्शनमा आएको हो । चलचित्रको पहिलो प्रदर्शन कोरोनाले विथोलेको थियो भने दोस्रो प्रदर्शनमा दर्शकको साथ मिल्न सकेको थिएन । ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएका ‘म’ र ‘चपली हाइट ३’ले मल्टीप्लेक्सहरुमा सन्तोषजनक शोज पाएका छन् ।

सुवर्ण थापाको निर्देशनमा तयार भएको ‘म’मा सरोज खनाल, संजोग रसाइली, निराजन प्रधान, निशा अधिकारी, पुनम श्रेष्ठ, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्कालगायतको अभिनय छ । चलचित्रमा प्रकाश पुरीको कथा तथा पटकथा रहेको चलचित्रमा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ । चलचित्रको निर्मातामा बिमला हुमागाईं र पदम पुरी रहेका छन् ।

त्यस्तै, निकेश खड्का निर्देशित ‘चपली हाइट ३’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu