‘जोकर’को सिक्वेलमा लेडी गागा पक्का



चर्चित गायिका तथा अभिनेत्री लेडी गागाले हलिउड चलचित्र ‘जोकर’को सिक्वेलमा अभिनय गर्ने भएकी छन् । उनले बिहीवार ट्विटरमा एक म्यूजिकल टिजर शेयर गर्दै आफू चलचित्रमा जोडिएको जानकारी गराएकी हुन् । यो चलचित्रमा उनी अभिनेता ज्याकिन फिनिक्सको अपोजिटमा देखिनेछिन् । चलचित्रको नाम ‘जोकर : फोली अ डिक्स’ राखिएको छ ।

हलिउड मिडियाका अनुसार, यो म्यूजिकल चलचित्रमा लेडी गाना हार्ले क्वीनको भूमिकामा हुनेछिन् । गत ७ जूनमा निर्देशक टड फिलिप्सले स्क्रिनप्ले कभर इन्स्टाग्राममा शेयर गर्दै ‘जोकर’ सिक्वेलको घोषणा गरेका थिए । सिक्वेलमा ज्याकिन नै जोकरको भूमिकामा हुनेछन् । उनले सन् २०१९ मा आएको ‘जोकर’बाट उत्कृष्ट अभिनेताको अस्कार अवार्ड जितेका थिए ।

लेडी गागाले आफू चलचित्रमा आबद्ध भएको घोषणा गरेसँगै उनको तारिफ र क्रिटिसाइज भइरहेको छ । कतिपयले उनलाई ‘जोकर’ सिक्वेलमा हेर्न आतुर रहेको प्रतिक्रिया जनाएका छन् भने कतिपयले ब्रान्ड चलचित्रको सिक्वेललाई नै उनले बर्बाद बनाउने टिप्पणी गरेका छन् । ‘जोकर : फोली अ डिक्स’ ४ अक्टोबर सन् २०२४ मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu