पुनः नेपाल फिल्म सोसाइटीको अध्यक्ष बने कृष्ण मल्ल



नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः चयन भएका छन् । शुक्रवार भएको सोसाइटीको साधारण सभाले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चुनिएका छन् ।

साधारण सभाबाट ७ जना सदस्यहरुमा चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन भए । साधारण सभामा नेसोसाइटीको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्तिको प्रस्ताव पेश गरिएको थियो । र, त्यसलाई सर्वसम्मत पारित गरिएको छ ।

नेपाल फिल्म सोसाइटीको अमेरिका, बेलायत लगायतका विभिन्न देशमा शाखा विस्तार भइसकेको छ । सोसाइटीले ४ वर्षदेखि अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पनि आयोजना गर्दै आएको छ । यसको पाँचौं संस्करण आगामी अक्टोबरमा हुँदैछ । पुनः अध्यक्षमा चयन भएपछि कृष्ण मल्लले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सोसाइटीले प्रयास र पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu