भादै ३१ को डेट छाडेर कात्तिक ११ मा पुग्यो ‘लाखे’



चलचित्र ‘लाखे’को प्रदर्शन मिति हेरफेर भएको छ । आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र डेढ महिना पछाडि सरेको छ । अब यो चलचित्र आगामी कात्तिक ११ गते अर्थात् भाइटीकाको भोलीपल्ट रिलिज हुनेछ । भिएफएक्स, मिक्सिङ्गलगायतका प्राविधिक काम मुम्बईमा भइरहेकाले पूर्वघोषित मितिमा प्रदर्शन गर्न नसकिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।

‘लाखे’ले प्रदर्शन मिति पछाडि सार्दा भदौ ३१ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’लाई राहत मिलेको छ । अब यो चलचित्रले सोलो रिलिजको अवसर पाउने सम्भावना बलियो छ । ‘लाखे’मा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकीलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम), निर्माता सिजन अर्याल र कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । सिजन अर्यालको कथा रहेको चलचित्रको पटकथा आकाश बरालले लेखेका हुन् भने संवादमा उनलाई अनुप न्यौपानले सघाएका छन् । ‘आरआर फिल्मस्’ले वितरण गर्ने चलचित्रमा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu