केकी र आँचल स्टारर ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक



आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलर रोचक बनेको छ । चलचित्रमा उनीहरु जेठानी र देवरानीको भूमिकामा छन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामाथि बनेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

बिष्णु कल्पितको छायांकन रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । चलचित्रमा समावेश ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत यतिबेला चर्चाको शिखरमा छ । निर्देशक देउजाले चलचित्रलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu