‘छड्के २’मा अनमोलको ग्याङस्टर लुक्स



निर्माणको तयारीमा रहेको चलचित्र ‘छड्के २’मा अभिनेता अनमोल केसी भिन्न भूमिका र लुक्समा प्रस्तुत हुँदैछन् । यतिबेला वर्कसप गरिरहेका उनको निर्माण टिमले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । प्राप्त तस्विरमा अनमोलको कपालको रंग खैरो देखिन्छ भने शरीर कसिलो छ । यो चलचित्रको अहिले भरतपुरको चितवनमा वर्कसप चलिरहेको छ ।

वर्कसपका तस्विरहरुमा अनमोल निर्देशकसहितको टिमसँग चलचित्रको क्यारेक्टरमा आफूलाई ढाल्न मिहेनत गरिरहेको देखिन्छन् । तस्विरमा उनको मूड र लुक्स हेर्दा चलचित्रमा उनी एङ्ग्री योङम्यानको भूमिकामा प्रस्तुत हुन लागेको अनुमान गर्न सकिन्छ । निर्देशक निगम श्रेष्ठले वर्कसपमा अनमोलले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको अथक मिहेनतबाट आफू प्रभावित भएको बताए ।

उनले भनेका छन्, ‘अहिले चितवनमा वर्कसप भइरहेको छ । अनमोल केसी अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गर्न मिहेनत गरिरहेका छन् । एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन गरेको यो संघर्षले टिमलाई नै उर्जा मिलेको छ । हामीले सोचेकोभन्दा पनि बढी मिहेनत अनमोलले आफ्नो क्यारेक्टरमा प्रस्तुत हुन गरिरहेका छन् ।’

साउन तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारी गरिएको भए पनि मौसम प्रतिकुल नहुँदा भदौ १ गतेबाट छायांकन सुरु गर्न लागिएको निर्माता प्रशान्त गिरीले जानकारी दिए । लक्ष्मण काफ्ले पनि निर्माता रहेको चलचित्रमा रविन तामाङ, कमलमणि नेपालको पनि अभिनय रहनेछ । काभ्रे फिल्म्सको ब्यानरमा बन्न लागेको ग्याङ्गस्टर चलचित्रको छायांकन सेड्युल ६० दिनको रखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu