आर्यनले साइन गरे चलचित्र ‘सायरा’



अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘सायरा’ हो । आइतबार निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.लीले उनीसँग कागजी सम्झौता गरेको हो । रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । दुई वर्षदेखि पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित भएका हुन् ।

उनले आफूलाई सुहाउँदो क्यारेक्टर पाएपछि काम गर्न राजी भएको बताएका छन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा गरिएको चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । प्रस्तुतकर्ता रघुले भने, ‘चलचित्रमा सोसल ड्रामासँगै प्रेमकथा देखाइने छ । भूमिका सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’

उनले चलचित्रको अन्य कास्ट एण्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताए । चलचित्रमा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ,’ प्रस्तुतकर्ता रघुले बताए । उनले चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu