‘तलास’को ‘अप्सरा केही होइन’ गीत सार्वजनिक



काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ । गीतमा मेलिना राई र उदय नेम्वाङको स्वर तथा उदय नेम्बाङको संगीत र शब्द छ ।

गीतको भिडियोमा अभिनेता दावा मिङमार शेर्पा र अभिनेत्री विमला खजुम लिम्बु फिचर्ड छन् । चलचित्रले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार अन्त्य गर्ने कथा प्रस्तुत गरेको छ । चलचित्रमा दावा र विमलासँगै राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिवाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, विमल ढुङ्गेल, विक्रम धिमाल, मेखबहादुर मगरलगायतको अभिनय छ ।

चलचित्रमा दिनेश माङ्मुको नृत्य, रोशन वान्तवा राईको संगित, पुन्य ओझाको द्वन्द्ध, विक्रम डिसीको छायांकन र दिनेश लिङ्देनको कथा छ । कविता राई लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा गजमति सम्वाहम्फे र दिपक नेपाली निर्माता छन् । माघको तेस्रो साताबाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्रमा दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu