दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’को टिजर रिलिज, हलमा असोजमा आउने



काठमाडौं। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’को टिजर रिलिज भएको छ । यसअघि कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रको रिलिज मिति हेरफेर गरि असोजको २१ गते नै रिलिज गरिने भएको छ ।

सार्वजनिक टिजरमा मुख्य कलाकारहरु दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीविचको प्रेमकथा देखिन्छ । चलचित्रमा यी चार कलाकारको साथमा वुद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको ‘२ नम्बरी’का प्रस्तुतकर्ता किरण नेपाली हुन् भने सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् ।

टिजर हेर्नुहो्सः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu