‘माइकल अधिकारी’लाई बलिउड निर्देशक अलीको शुभकामना



आगामी भदौ ३ गतेबाट अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आउने तयारीमा छ । चलचित्र प्रदर्शनको संघारमा रहँदा बलिउडका नामी निर्देशक इम्तियाज अलीले एक भिडियो सन्देशमार्फत् प्रदर्शनको शुभकामना दिएका छन् । साथै, उनले नेपाली दर्शकहरुलाई सिनेमा हलमा गएर चलचित्र हेर्न आग्रह पनि गरेका छन् ।

प्राप्त जानकारी अनुसार, ‘माइकल अधिकारी’का निर्देशक रन्जित रौनियार र इम्तियाज अली नजिकका साथी हुन् । इम्तियाजले ‘लभ आज कल’, ‘रकस्टार’, ‘जब वी मेट’, ‘जब ह्यारी मेट सेजल’, ‘तमाशा’, ‘हाईवे’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् । लामो समयदेखि मुम्बईमा बस्दै आएका रन्जितले भने ‘सावधान इन्डिया’, ‘क्राइम प्याट्रल’ जस्ता टीभी सिरियलको निर्देशन गरेका छन् ।

उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ । चलचित्रमा शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, मित्र डि गुरुङको सम्पादन, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu