‘चङ्गा चेट २’मा भित्रिए विपिन कार्की



दीपेन्द्र के. खनालको निर्देशनमा अभिनेता विपिन कार्कीले तेस्रो पटक काम गर्ने भएका छन् । दुई चलचित्र ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा दीपेन्द्रसँग सहकार्य गरिसकेका उनले चलचित्र ‘चङ्गा चेट २’मा काम गर्ने टुंगो लागेको हो । बिहीवार उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेकी हुन् । विपिनले चलचित्रको कथावस्तु र भूमिका मन परेपछि काम गर्न लागेको बताएका छन् ।

चलचित्रको छायांकन तिहारपछि सुरु गर्ने तयारीमा निर्देशक खनाल छन् । यो अवधिमा विपिनले ‘फूलबरी’, ‘प्रसाद २’ र बलिउड चलचित्र ‘एनिमल’को छायांकन सक्नेछन् । उनको अपोजिटका लागि केही दिनमा अभिनेत्रीको पनि टुंगो लाग्ने निर्मात्री पाण्डेले जानकारी दिइन् । चलचित्रमा यसअघि अभिनेता अर्पण थापा अनुबन्ध भइसकेका छन् । निर्देशक खनाल यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन् ।

२०७५ सालमा प्रदर्शन भएको ‘चङ्गा चेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । तर, चलचित्र प्रदर्शनको समयमा उनलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्माताको रुपमा पाण्डे जोडिएकी थिइन् । उनले निर्माता वाग्लेबाट चलचित्रको सम्पूर्ण अधिकार लिएर ‘चङ्गा चेट २’ बनाउन लागेकी हुन् । निर्देशक खनालले यसपटक गम्भीर कथालाई व्यावसायिक रुपले प्रस्तुत गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu