‘बाबरी’ पोस्टरमा अदिती र दुई धिरजको मित्रता



सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को तीन नयाँ पोस्टरहरु सार्वजनिक भएका छन् । यसअघि मुख्य कलाकार धिरज मगर र अदिती बुढाथोकीलाई मात्र फर्स्टलुकदेखि दुई गीतसम्म समेटिएको थियो । नयाँ पोस्टरमा भने डेब्यु अभिनेता धिरज नाडकर पनि फिचर्ड छन् । उनि, अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।

दुईवटा पोस्टरमा दुई धिरज र अदितिको मित्रता झल्किएको छ । एउटा पोस्टरमा भने धिरज नाडकर र अदिती रोमान्टिक बन्दा धिरज मगरलाई आक्रामक अन्दाजमा प्रस्तुत गरिएको छ । यी पोस्टरले चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझाउँछ ।

चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ । भदौ ३१ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको ट्रेलर साउन ३० गते सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको चलचित्रको गीतमा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ भने एञ्जिला खत्री विक्रम लामाको कोरियोग्राफी छ । चलचित्रलाई नरेन्द्र मैनाली खिचेका हुन् । बाबरी फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्मातामा छन् । सुष्मा गुरुङ भने चलचित्रमा सह निर्माता छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu