यस्तो छ ‘प्रेमगन्ज’को ‘फेरि भेट होला नहोला’ गीत



परिच्छेद सेनको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेमगन्ज’ले नयाँ लिरिकल गीत सार्वजनिक भएको छ । ‘फेरि भेट होला नहोला’ बोलको गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् । गीतमा स्वेच्छा ठकुरीको स्वर रहेको छ ।

चलचित्रमा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्का मुख्य भूमिकामा छन् । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त अतिथी भूमिकामा छिन् । तेज र बेनिशाले युवा उमेरको भूमिकामा अभिनय गरेका छन् भने उनीहरुको टिनएजरको भूमिकामा प्रशन र सुप्रिया छन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको चलचित्रमा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको पनि अभिनय छ । चलचित्रमा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu