‘महानगर’को पोस्टरमा यस्ता देखिए कार्म र मेनुका



चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । पोस्टरमा कार्म र मेनुका निराश भावमा शान्त र मौन देखिन्छन् ।

सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि चलचित्र छनौट भएको छ ।

चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको चलचित्रको लेखन निर्देशन मोहन राईले गरेको हुन् भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।

चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् । चलचित्रको प्रदर्शन निकट भविष्यमा गर्नका लागि तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu