दुर्घटनामा परेकी हलिउड अभिनेत्री एनी हेचेको निधन



गत शुक्रवार कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको शुक्रवार निधन भएको छ । यसको पुष्टि उनको परिवारले गरेको हो । उनको परिवारका एक प्रतिनिधिले भनेका छन्, ‘हामीले एक एक उज्यालो प्रकाश, एक दयालु आत्मा, एक प्रेम गर्ने आमा र एक सच्चा साथी गुमायौं ।’

हेचेका प्रतिनिधिका अनुसार, उनको ‘ब्रेन डेड’ हो । बिहीवार मात्र उनको परिवारका सदस्यले हेचे बाँच्ने आशा नरहेको बताएका थिए । उनी लामो समयदेखि अंगदानको पक्षमा थिइन् । त्यसैले उनी बाँच्ने आशा नभए पनि अंगदानका लागि दिलको धड्कन यथावत राख्न उनलाई आइसियूमा राखिएको थियो ।

गत शुक्रबार हेचे तीव्र गतिमा गुडिरहेको कारमा सवार थिइन् र सडकबाट उछिट्टिएर उनी घरमा ठोकिएकी थिइन् । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै चलचित्रमा काम गरेकी छन् । उनी चलचित्र ‘एनदर वल्र्ड’बाट चर्चित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu