बिष्णु सापकोटाले ल्याए नयाँ सिरियल ‘रिटार हल्दार’



काठमाडौँ । ‘हर्के हल्दार’को उपनामले परिचित कलाकार बिष्णु सापकोटा नयाँ टेलिचलचित्रमा देखिने भएका छन् । सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’को बारेमा आज एक पत्रकार भेटघाट गर्दै जानकारी गराइयो । टेलिचलचित्र प्रत्येक सोमवार साँझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ ।

भद्र भुजेलको निर्देशनमा बनेको टेलिचलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रग्यासी थापा, सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रमुख अतिथी नीर शाहको हातबाट ‘रिटार हल्दार’को पोस्टर पनि सार्वजनिक गरियो । कार्यक्रममा मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, जितु नेपाल, दमन रुपाखेती, सुरेन्द्र केसी, शैलेन्द्र सिम्खडा लगायतको उपस्थिति रहेको थियो । ‘रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको क्यारेक्टरलाई बिसेष रुपमा प्रस्तुत गरिएको बिष्णु सापकोटाले बताए ।

हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’मा गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, कन्सेप्ट तथा स्क्रिप्ट बिष्णु सापकोटा, छायाँकन प्रवेश पोखरेल र संजय राई, शिर्ष गीत बसन्त सापकोटाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu