धिरज र अदितीको ‘बाबरी’ ट्रेलर सार्वजनिक



चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अदिती बुढाथोकीको माया पाउन धिरज मगर र धिरज नाडकरबीचको लडाइँलाई देखाइएको छ । पूर्ण कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरमा धिरज मगरको बोल्ड आवाज र धिरज नाडकरले हिन्दी टोनमा बोल्ने नेपाली संवाद दर्शकका लागि नयाँ लाग्न सक्छ ।

नाडकर, भारतीय मुलका हुन् । चलचित्रको कथावस्तुको माग अनुसार नै निर्माण टिमले उनलाई छनोट गरेको ट्रेलरबाट बुझ्न सकिन्छ । धिरज, अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ ।

असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्मातामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी छन् भने सह-निर्मातामा सुष्मा गुरुङ छिन् । सुरेन्द्र पौडेलद्वारा लिखित तथा निर्देशित चलचित्रमा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu