भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षसँग छलफल गर्ने



चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाएको छ । सोमवार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि सरकार र रिट निवेदकलाई भदौ २ गते बोलाएको हो ।

न्यायाधीश राउतद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा अन्तरिम आदेशको लागि मिति २०७९ भदौ २ गतेको पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिनू ।’ सर्वोच्च अदालतले केसीलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन समेत आदेश दिएको छ ।

नरेश पौडेललगायतले उनको शैक्षिक योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषद बैठकको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिएका १० जना आकांक्षीमध्येबाट सरकारले केसीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । बोर्डको अध्यक्ष बन्नकै लागि भुवन स्थानीय तहको मुखमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu