‘माइकल अधिकारी’ गीत : सुष्मा र यशराजसँग सौगात-सृष्टिको नृत्य



भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको आशातित चलचित्र ‘माइकल अधिकारी’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक गरिएको ‘फापरको रोटी’ बोलको गीतमा शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको छ भने दयाराम दाहालको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । गीत लोक शैलीमा तयार छ ।

गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्की र अभिनेता यशराज गराज छमछमी नाच्दै देखिएका छन् भने चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई पनि देख्न सकिन्छ । रन्जित रौनियारको निर्देशन रहेको चलचित्रले कोख भाडामा लगाउने सेरोगेसीको कथा उठाएको छ । सम्भवतः नेपालमा यो विषयमा चलचित्र निर्माण नभएकाले दर्शकहरुलाई केही नयाँ लाग्न सक्छ ।

उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ । शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको चलचित्रको कथा निर्देशक रौनियार स्वयंको हो । रौनियारले यो डेब्यू फिचर चलचित्र हो ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन र राजु विक्रम थापाको छायांकन छ । पूर्वको झापा र ईलाम क्षेत्रमा खिचिएको चलचित्रलाई नेपालको ठूलो प्रोडक्सन हाउस गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu