इजरायलमा २८औं ‘विश्व आदिवासी दिवस’ मनाइयो



काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने मुल नारासहित संयुक्त राष्ट्रसंघले घोषणा गरे बमोजिम विश्वभर २८औं ‘विश्व आदिवासी दिवस’ अगस्ट १२ मा मनाइएको छ । कार्यक्रममा आदिवासी समुदायहरुको मौलिक भेषभुषासहित सांस्कृतिक पहिचान झल्किने झाकी प्रदर्शन र नृत्य प्रस्तुतिहरु गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण इजरायलको लागि नेपाली राजदुत कान्ता रिजालले गरेकी थिइन् । साथै, इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक संघ संगठन, सामाजिक, सांस्कृतिक, धार्मिक, कला, साहित्यिक संस्था र मिडियाकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन डिक कुमार तमुले गरेका थिए ।

इजरायलको सन्दर्भमा विगत बाह्र वर्ष देखि यता हरेक वर्ष विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउदै आइरहेको पनि नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष नानी माया योञ्जन तामाङले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu