मिलन चाम्सले क्याप्टेनसिप सम्हालेको चलचित्र ‘वर एन्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । निर्देशक चाम्सले दिएको जानकारी अनुसार, लभस्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुनको १९ गतेबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुणलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।

यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।
चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय छ । ‘वर एन्ड वधु’मा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिने छिन् । सुदिप बरालको छायांकन रहेको चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।