भुवन केसीविरुद्धको सुनुवाई सर्‍यो



चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई आगामी सोमवारका लागि सरेको छ । यही सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि भदौ २ गते बिहीवार रिट निवेदक र सरकार दुवै पक्षलाई बोलाएको थियो ।

सर्वोच्च अदालतले केसीलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन समेत आदेश दिएको थियो । तर, चलचित्र विकास बोर्डको अध्यक्षमा सिफारिस गर्दा अंकभारको कागजात सूचना तथा सञ्चार मन्त्रालयले नपठाएकाले बिहीवारको सुनुवाई सोमवारलाई सरेको रिट निवेदकतर्फका कानुनी व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले जानकारी दिए ।

बोर्ड अध्यक्षमा आवेदन दिएका नरेश कुमार पौडेल लगायतले भुवन केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै गत साता सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । २०७९ साउन ९ गते अध्यक्ष पदमा आवेदन दिएका १० जनामध्येबाट मन्त्रिपरिषदको बैठकले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu