आगामी नयाँ वर्षमा ‘भगवत् गीता’, टिजरमा यस्ती देखिइन् सुहाना



झरना थापाको चौंथो निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’को शिर्षक घोषणा गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले सार्वजनिक गरेको टिजरमा चलचित्र २०८० सालको बैशाख १ गते प्रदर्शन हुने उल्लेख छ । सार्वजनिक टिजरमा भने अभिनेत्री सुहाना थापा मात्र फिचर छिन् । टिजर जानकी मन्दिरमा खिचिएको हो ।

सुहाना मन्दिरबाट शीरमा आगो बलिरहेको मट्का बोकेर खुसी मुद्रामा कुद्दै बाहिर निस्किएकी छन् । तर, बाहिर निस्किएपछि उनी अचानक भावुक हुँदै गहभरी हुन्छिन् । उनको यी दुई भिन्न भावले चलचित्रप्रति कौतुहलता जगाउँछ । सुहानाको अनुहारको वर्ण हेर्दा उनले निर्वाह गर्ने चरित्रले मधेशी समुदायको प्रतिनिधित्व गर्ने आँकलन गर्न सकिन्छ । उनले लगाएको पहिरन प्राचीन शैलीको छ ।

सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहने चलचित्रको यतिबेला निर्देशक झरना थापा स्क्रिप्टलाई फाइनल गर्नमा व्यस्त छिन् । दशैंअघि चलचित्रको छायांकन हुने सम्भावना न्यून छ । अन्तरजातीय प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रको छायांकन जनकपुर क्षेत्रमा हुने बताइएको छ ।

निर्देशक थापाले ‘भगवत् गीता’लाई ‘ए मेरो हजुर २’ प्रदर्शनपछि नै निर्माण गर्न लागेकी थिइन् । तर, वितरक र दर्शकहरुको माग अनुरुप उनले ‘ए मेरो हजुर’कै सिरिजलाई अगाडि बढाइन् । ‘भगवत् गीता’मा अहिलेसम्म झरना पुत्रि सुहाना मात्र फाइनल छिन् । उनको अपोजिटका लागि निर्माण टिमले नायकको खोजी गरिरहेको छ । चलचित्रलाई सुनिल कुमार थापा एक्लैले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu