नेपाली र हिन्दी भर्सनमा ‘प्रेमगीत ३’को दोस्रो टिजर : प्रदीपको एक्सन अवतार



बडा दशैंलाई लक्षित गर्दै आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो । हिन्दी टिजर जी म्यूजिक कम्पनी र नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

एक हप्ताअघि सार्वजनिक पहिलो हिन्दी र नेपाली भर्सनको टिजर एक्सनले भरिएको थियो । प्रेम (प्रदीप खड्का) पात्रले प्रेम र राजगद्दीमध्ये एक रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको थियो । दोस्रो टिजरमा भने युवराज प्रेमलाई जनताको मसिहाको रुपमा प्रस्तुत गरिएको छ । टिजरमा प्रदीप एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत छन् । कलाकारहरुको लुक्स र ब्याकग्राउन्ड स्कोर जबर्जस्त छ ।

नेपाली चलचित्र हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो नेपाली चलचित्र हो । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन रहेको चलचित्रमा प्रदीपसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको पनि अभिनय छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

निर्माता तथा निर्देशक सेनका अनुसार, चलचित्रको नेपाली र हिन्दी भर्सनको ट्रेलर आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गते एकसाथ सार्वजनिक हुनेछ । साउथका कयैन् सुपरस्टारको चलचित्रको हिन्दी भर्सनमा आवाज भरेका डबिङ आर्टिस्टले ‘प्रेमगीत ३’को हिन्दी डबिङ गरेकाले चलचित्रको प्रतिक्षा व्यग्र छ । चलचित्रको पहिलो टिजर नेपालीभन्दा हिन्दी भर्सनमा दर्शकहरुले बढी रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu