‘राधा’को ‘पाउमा पाउजु’ गीतमा टिकटक बनाउनुस्, नगद जित्नुस्



आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘राधा’ले प्रचारलाई चुस्त बनाउन टिकटक प्रतिस्पर्धाको घोषणा गरेको छ । चलचित्रको तीज गीत ‘पाउमा पाउजु छैन बरी लै’ गीतमाथि टिकटक बनाएर नगद जित्ने योजना निर्माण टिमले अगाडि सारेको हो । टिकटकमा प्राप्त भ्यूजको आधारमा तीन प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिने निर्देशक सुवर्ण थापाले बताए ।

यो प्रतिस्पर्धामा भाग लिन चाहनेहरुले ‘राधा’को फेसबुक पेज लाइक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने, टिकटक लिंक फेसबुकमा शेयर गरी पेजलाई ट्याग गर्नुपर्ने, क्याप्सनमा #radhamovie #bhadra10 #imepay #ime मेन्सन गर्नुपर्ने र टिकटक भिडियो ‘राधा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । टिकटक प्रतिस्पर्धाको समयसीमा भदौ १६ गतेसम्मलाई तोकिएको छ ।

सर्वाधिक भ्यूज प्राप्त गर्ने मध्येबाट पहिलो हुने टिकटक भिडियोले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद प्राप्त गर्नेछ । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको अभिनय छ भने सुनिल पोखरेल अतिथी भूमिकामा छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्र आफ्नी आमाको सम्झनामा बनाएको सुवर्णको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu