आमा बनिन् रेनशा, जुम्ल्याहा बच्चालाई दिइन् जन्म



चर्चित डान्स कोरियोग्राफर रेनशा वान्तवा राईले दुई सन्तानलाई जन्म दिएकी छन् । उनले शुक्रवार विहान काठमाडौंको नर्भिक अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका श्रीमान् प्रज्वल राणाले जानकारी दिए । रेनशा र दुवै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । तथापि, रेनशा केही दिन अस्पतालमा नै बस्नेछिन् ।

२०७६ सालमा रेनशा र प्रज्वलले विवाह गरेका हुन् । विवाहअघि उनीहरु एक दशकदेखि प्रेम सम्बन्धमा थिए । प्रज्वलले निर्माण गरेको चलचित्र ‘मेरो एउटा साथी छ’बाट रेनशाले कोरियोग्राफरको रुपमा करिअर सुरु गरेकी थिइन् । उनले निर्देशनमा डेब्यू चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’लाई पनि प्रज्वलले निर्माण गरेका हुन् । रेनशाले निर्देशन र प्रज्वलले निर्माण गरेको नयाँ चलचित्र ‘आइ एम ट्वान्टिवान’ प्रदर्शनको पखाईमा छ ।

रेनशाले ‘कबड्डी २’, ‘कृ’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर २’, ‘प्रेमगीत २’, ‘वीर विक्रम’, ‘लुकामारी’, ‘होमवर्क’, ‘के म तिम्रो होइन र’ लगायत दर्जनौं नेपाली चलचित्रको गीतमा कोरियोग्राफी गरेकी छन् । ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा राम्रो सम्भावना देखाएकी उनी डान्सिङ स्टार्स नेपालको निर्णायक समेत हुन् । रेनशाले श्रीमानसँग मिलेर नयाँ वानेश्वरमा ‘वान् सिनेमाज्’ सञ्चालन गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu