लन्डन पवमा गुञ्जिदै अनिल सिंह



गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेषगरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीत-संगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । यिनै अनिलले पछिल्लो समय सार्वजनिक गरेको गीत ‘रेलिमोई’ चर्चामा छ ।

उनै, अनिलले शुक्रबार काठमाडौंस्थित ‘लन्डन पव’मा कन्सर्ट गर्ने भएका छन् । उनले म्युजिकल क्लब टुर अन्तर्गत कन्सर्ट गर्न लागेका हुन् । उनले यसपटक ब्याण्डसँगै कन्सर्ट गर्दैछन् । उनको ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग, ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।

शुक्रबार बेलुकी ८ बजेबाट सुरु हुने कन्सर्टमा अनिलले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नेछन् । उनको ‘आइ लभ यु’, ‘प्रेम पत्र’, ‘डुब्न देऊ’, ‘इन्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानी सके’लगायतका दर्जन बढी गीत सुपरहिट छन् । ‘योजना अनुसार नै काम अगाडी बढाईरहेको छु । क्लबहरुमा म्युजिकल टुर पश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ,’ अनिलले भने ।

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । उनले आफ्नो सफल गीत ‘इञ्जिन गाडीमा २’ र ‘आइ लभ यु २’ गीत छिटै दर्शक समक्ष ल्याउँदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।

यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन्’ अनिलले भने । उनले गीतसंगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको सुनाए । उनी यसकै लागि केही समय कन्सर्टमा मात्र केन्द्रित भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu