अनमोलको ‘छड्के २’को छायांकन सुरु



अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने चलचित्र ‘छड्के २’को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ । मुहुर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्रको छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल निकालिएको चलचित्र चितवनसँगै मुस्ताङमा खिचिनेछ ।

निर्माण पक्षले कलाकारलाई चितवनमै दुई हप्तासम्म वर्कसप गराएको थियो । निर्देशक निगम श्रेष्ठले वर्कसपमा अनमोलले क्यारेक्टर एडप्ट गर्न गरेको मिहेनतबाट आफू प्रभावित भएको बताएका छन् । आफूहरुले सोचेको भन्दा पनि क्यारेक्टरलाई जीवन्त बनाउन अनमोलले मिहेनत गरेको उनको भनाई छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिकामा छन् । निर्माण टिमले अनमोलको अपोजिटमा नायिकाको छनोट गरिसकेको भए पनि नाम सार्वजनिक गरेको छैन । छायांकन भइरहेको समयमा क्रमशः अन्य कलाकारहरु सार्वजनिक गरिने निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । चलचित्रको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । चलचित्रमा अनमोल ग्याङ्गस्टर भूमिकामा प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu