
काठमाडौं – टिकटकमा आफ्नो सुन्दरता र अभिनयले लाखौँ नेपालीको मन जितेकी चर्चित कन्टेन्ट क्रिएटर इभा गिरीले अब सिधै बलिउडमा तहल्का मच्चाएकी छन्! बलिउडकी सुप्रसिद्ध गायिका नेहा कक्करको नयाँ गीतमा इभाको यस्तो बोल्ड र ग्लामरस अवतार बाहिरिएको छ, जसले अहिले सामाजिक सञ्जालमा आगो लगाइरहेको छ!
टिकटक र सामाजिक सञ्जालबाट उदाएका नेपाली प्रतिभाहरूले अब अन्तर्राष्ट्रिय स्तरमै आफ्नो प्रभाव जमाउन थालेका छन्। यसैको पछिल्लो र शानदार उदाहरण बनेकी छन् चर्चित नेपाली टिकटकर तथा कन्टेन्ट क्रिएटर इभा गिरी। भर्खरै मात्र पोयटिक र्याबिट युट्युब च्यानलमार्फत एउटा नयाँ हिन्दी डान्सिङ नम्बर सार्वजनिक भएको छ, जसको नाम हो ‘फन्दा’। र, यो गीतमा स्वर दिएकी छन् बलिउडकी चर्चित र स्थापित गायिका नेहा कक्करले। सबैभन्दा खुसी र गर्वको कुरा त के छ भने, यो विष्फोटक डान्सिङ भिडिओमा मुख्य मोडलको रूपमा हाम्रै इभा गिरी फिचर्ड भएकी छन्!
भिडिओमा इभाको साथमा भारतीय मोडल स्वान्की शिवलाई देख्न सकिन्छ। सधैँ क्युट र सुन्दर लुक्समा देखिने इभा यस भिडिओमा भने निकै ग्लामरस, बोल्ड र ड्यासिङ अवतारमा प्रस्तुत भएकी छन्। उनको डान्स मुभ्स र एक्सप्रेसनले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। बलिउडकी टप गायिका नेहा कक्करको म्युजिक भिडिओमा यसरी मुख्य भूमिकामा फिचर्ड हुनु इभाको करिअरकै लागि एउटा धेरै ठूलो र महत्त्वपूर्ण उपलब्धि हो।
सामाजिक सञ्जालको स्टारडमलाई ठूलो पर्दामा बदल्न सफल इभाले हालसालै मात्र नेपाली चलचित्र ‘पाँच पाण्डव’ मा समेत आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्।


