‘महापुरूष’बाट डेब्यू गर्दै अरुण



कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश छन् । स्पीड ब्रेकरमा बाइकको अगाडिको भाग माथि उठेपछि हरिवंश लड्न खोजेको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ ।

उनले चलचित्रमा विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी चलचित्रमा हरिवंशका कान्छा छोराको रुपमा छन् । उनी चलचित्रमा अडिसनमार्फत सेलेक्ट भएका हुन् । ’मैले चलचित्रमा काम गर्ने सोच बनाएपछि नै केहि मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र दाई र प्रदीप दाई सहितको टिम थियो । उहाँहरुसँग जोडिन पाउँदा निकै उत्साहित छु,’ अरुणले भने ।

chhetri

चलचित्र आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

चलचित्रमा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि ‘टलकजङ भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’ चलचित्र निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । नवराज पराजुलीले लेखेको गीतमा संगीत ऋदम कँडेलको छ । चलचित्रको पार्श्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu