कात्तिक १८ लाई ‘मिलन’को रिलिज घोषणा



टेक पौरखी राई निर्देशित नयाँ चलचित्र ‘मिलन’को प्रदर्शन मिति तोकिएको छ । मंगलबार चलचित्रको फर्स्टलुक सार्वजनिक गर्दै कात्तिक १८ गते चलचित्र प्रदर्शन गरिने जानकारी गराइयो । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर छन् । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गर्दैछन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् । चलचित्रमा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । निर्माण टिमले यसपछि सलोन फिचर पोष्टर सार्वजनिक गर्ने तयारी गरेको छ । चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर, राजु सेन्चुरीको संगीत, कुमार महर्जनको द्वन्द्व, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन र टंक बहादुर राईको भिएफएक्स छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu