विदेशी मल्टीप्लेक्समा ‘प्रकाश’लाई उच्च शो



विदेशी मल्टीप्लेक्सहरुले नेपाली चलचित्र ‘प्रकाश’को अग्रिम बुकिङ खुल्ला गरेका छन् । भाद्र १० गते विश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो । ‘नोभो सिनेमाज्’ले यएईमा मात्र चलचित्रका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ ।

नोभो नेटवर्क अन्र्तगतका बिभिन्न ६ वटा हलहरुमा शुक्रबार देखि बुधबारसम्मको लागि चलचित्रको शो सार्वजनिक भएको हो । यस्तै, ओमन र कतारमा पनि ‘नोभो सिनेमाज्’ले चलचित्रका लागि उत्तिकै संख्यामा शो उपलब्ध गराउको छ भने बहराइनमा रहेको ‘नोभो सिनेमाज्’ले दैनिक दुई शो उपलब्ध गराएको छ । बिभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली चलचित्रले बिदेशी चलचित्रकै बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।

निर्माता अधिकारीका अनुसार, अमेरिकामा पनि ‘प्रकाश’ रेलुगलर शोमा नै प्रदर्शन हुनेछ । अमेरिकामा आधा दर्जन हलमा चलचित्र प्रदर्शन हुनेछ । उता अष्ट्रेलियामा विभिन्न शोहरु सोल्डआउट भइसकेका छन् । केही समय अघि नै अष्ट्रेलियामा चलचित्रको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् । चलचित्रको विषयवस्तु र लुक्सका कारण बिदेशमा ‘प्रकाश’को चर्को डिमाण्ड छ ।

दिनेश राउत निर्देशित चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu