‘झिँगेदाउ’ गीत : केकी र मुकुनको बिहेमा आँचल र कुशलको छमछमी



ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत छ भने अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

चलचित्रका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अंकुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको चलचित्रमा केकी, आँचल, मुकुन र कुशलका अलावा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्र भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित चलचित्रले दुई दाजु-भाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित चलचित्रमा विष्णु घिमिरे (कल्पित) को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको चलचित्रमा सुशील दाहाल र इश्वर घिमिरेको सह-निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu