‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक



नेपाल र भारतमा आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाको गाउँ’ बोलको गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द रचना रहेको छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ प्रेमिल र भावुक मुद्रामा प्रस्तुत छन् ।

निर्माण टिमले हिन्दी भर्सनमा पनि गीत रिलिज गरेको छ । ‘मायाको गाउँ’ गीतकै दृश्य समेटिएको हिन्दी भर्सनको ‘कोइ न कोइ नाता हैं’ गीतमा भारतीय पार्श्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा रुबी फुलारा र सुभाष कालेको शब्द रचना छ । जुबिनको स्वरले गीत सुनिरहुँ बनेको छ । नेपालीभन्दा हिन्दी भर्सनको यो गीत दर्शकलाई मनपर्ने देखिन्छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिस्टिनाका अलावाशिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

‘प्रेमगीत ३’को हिन्दी भर्सनमा चारवटा गीत छन् । केही दिनअघि निर्माण टिमले चलचित्रको हिन्दी गीतको एल्बम सार्वजनिक गरेको थियो । चारवटै गीतमा भारतका चर्चित गायक-गायिकाहरुले आवाज भरेका छन् । हिन्दीमा डब गरेर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो नेपाली चलचित्र हो । यसअघि सार्वजनिक चलचित्रको हिन्दी भर्सनको टिजरलाई दर्शकहरुले मन पराएका छन् ।

नेपाली गीत :-

हिन्दी गीत :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu